८ चैत्र २०७९, बुधबार

विश्वकै आकर्षक शहर बन्दै चितवन

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार १९:०२


चितवन । बेलायतको लन्डन ब्रिजको मोडलबाट चितवनको नारायणगढ र नवलपुरको गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा पाँच वर्षभित्र सिग्नेचर पुल बन्ने भएको छ ।

अहिले सञ्चालनमा आइरहेको नारायणी पुल पुरानो र जीर्ण बन्न थालेपछि सरकारले बेलायतको लन्डन ब्रिजकै ढाँचामा नयाँ पुल बनाउने प्रक्रिया अगाडि बढेको हो ।

सडक विभाग अन्तर्गत पुल महाशाखाका उपमहानिर्देशक दिपक भट्टराईले प्रशिद्ध चिनिया इञ्जिनियर डा चेनको कार्य व्यस्तताले पुल निर्माणको काम अगाडि नबढेको बताए ।

उनले नेपालमा बनाइने १० वटा यस्ता पुलहरु मध्ये नारायणी नदीको नारायणी पुल प्राथमिकतामा परेको जानकारी दिए ।

कस्तो बन्दै छ पुल ?

लन्डन ब्रिजबाट लन्डनशहर चिनिए जस्तै भरतपुर बजार र गैँडाकोटलाई यसै पुलले शहरी सौन्दर्यमार्फत् चिनाउने छ । सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन चिनिया इञ्जिनियर र नेपाली वरिष्ठ इञ्जिनियरहरुले निकै मेहनत गर्नेछन् ।

यसरी बन्ने पुल चार लेनको मोटरेबल नै हुनेछ । यस्ता पुलहरुलाई सुन्दर बनाउन रातको समयमा लाइटहरु जोडिनेछ । पुल बनेपछि शहर र राजमार्ग छेउको मुहार नै बदलिने सडक विभागअन्तर्गतको पुल महाशाखाको आशा छ ।

विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । नारायणगढ–बुटवल सडक विस्तार हुने पनि तयारी भएकोले यो पुल बनेसँगै महेन्द्र राजमार्गको मध्यभागमा पर्ने चितवन विश्वकै आकर्षक शहरको रुपमा चिनिने इञ्जिनियरहरुको आशा छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा