८ चैत्र २०७९, बुधबार
राजनीति

कांग्रेस महामन्त्री कोइरालाको सभापति लड्ने तयारी, यस्तो छ भ्रमण कार्यक्रम

प्रकाशित मिति :  २७ फाल्गुन २०७५, सोमबार २०:५१


काठमाडौं । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका शिर्ष नेताहरु नेताहरु यतिबेला जिल्ला दौडाहामा निस्किएका छन् । पार्टी प्रतिपक्षमा रहदा सङ्गठन निर्माण गर्नुपर्ने दायित्व र आगामी महाधिबेशनलाई मध्यनजर गर्दै नेताहरु जिल्ला दौडाहामा निस्केका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाकाे ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय भएको छ । कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम सक्ने बित्तिकै फेरी अर्को भ्रमणको तयारी गर्ने कोइरालाका निजी सचिब भरत तिवारीले जानकारी दिए ।

पार्टीमा स्वच्छ छवि र कम बिबादमा आउने कोइराला पार्टीका नेता कार्यकर्ताहरु बीच लोकप्रिय मानिन्छन् । उपयुक्त समयमा उम्मेदवारी घोषणा गरेर आगामी महाधिबेशनमा नेपाली कांग्रेसको सभापति लड्ने तयारी कोइरालाले गरिरहेको र त्यसका लागि पार्टीका सबै नेता कार्यकर्ताहरुसंग सल्लाह गरेर तिब्र रुपले तयारी थाल्ने कोइराला निकट श्रोतले जनाएको छ । यसैलाई मध्यनजर गरेर कोइरालाले समय समयमा देशब्यापी भ्रमण गर्ने गरेका छन् ।

कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय

महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ । कोइराला दाङमा जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुनका लागि चैत्र ११ गते दाङ जानेछन् । उनले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिव एवम् कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिएका छन्।

महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ। कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलवस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नेछन् । उनी कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेर रुपन्देहीको बुटवलमा बास बस्ने वा कपिलवस्तु बस्ने भने तय भइसकेको छैन्। त्यसैगरी कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ।

उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नेछन्। उनी १५ गते गुल्मी बस्नेछन् भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा