१४ चैत्र २०७९, मंगलवार

आयल निगमका ८१ कर्मचारी एकैपटक सरुवा

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार ०९:१६


काठमाडौं । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरित लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेकोमा पहिलो चरणमा माथिल्लो पद र कर्मचारी युनियनको नेतालाई लक्षित गरी ८१ जनाकाे सरुवा गरेकाे हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा सुधार गरेर संस्थाको छवि उकास्ने प्रयत्न थालिएको बताए । ‘निगमको छवि सुधार गर्न कर्मचारीबाटै सुरु गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले विनियमावलीविपरीत कार्यरत सबै कर्मचारीको सरुवा सुरु गरिएको हो ।’ कर्मचारीलाई एकै ठाउँमा लामो समय बस्न नदिएर विनियमावली अनुसार सरुवा गर्दा हालको अनियमितता सुधार हु्ने निगमको अपेक्षा छ ।

निगम प्रमु्ख पौडेलले सोमबार निर्णयमा हस्ताक्षर गरेसँगै कांग्रेस समर्थित कर्मचारी युनियनले मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने नेकपा समर्थित कर्मचारी संघका पदाधिकारीले स्वागत गरेका छन् । यो समाचार नयाँ पत्रिकामा अजित अधिकारीले लेखेका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा