८ चैत्र २०७९, बुधबार

सरकार-राउत सहमति : देउवा किन यु-टर्न भए ?

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार २०:१६


काठमाडौं । सरकार र सिके राउतबीच राजनीतिक सहमति भएसँगै पछिल्लो समय राष्ट्रिय राजनीति तातेको छ । सुरुवातमा उक्त सहमतिलाई खुलेर स्वागत गरेको नेपाली कांग्रेसले फेरि विरोध जनाउन थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकार र राउतबीच भएको ११ बुँदे सहमतिको स्वागत गरेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि उक्त सहमतिलाई समर्थन गरे ।

स्रोतका अनुसार देउवा पत्नी डा.आरजु राणा देउवाले उक्त सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्छ भनेको कारण देउवाले पनि सुरुवातमै स्वागत गरेका थिए ।

तर, सत्तारुढ दल नेकपाभित्रै उक्त सहमतिलाई लिएर अन्तरद्वन्द्व थाहा पाएपछि देउवा पनि रातारात यु–र्टन भएका छन् ।  आजमात्रै पनि उनले उक्त सहमतिलाई राष्ट्रघातको संज्ञा दिए । उनले आफूहरुलाई यो अमान्य हुने चेतावनी दिएका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा