८ चैत्र २०७९, बुधबार

ओलीलाई नेपालको प्रश्न अपरिपक्व ढंगले निर्णय गर्न मिल्छ ?

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार १७:५३


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता माधवकुमार नेपालले विप्लव समूहमाथि लगाएको प्रतिबन्धको विरोध गरेका छन् ।

उनले पार्टीमा छलफल नै नगरेर विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु उचित नभएको बताएका हुन् । बुधबार संसद भवन नयाँवानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपाको सचिवालय सदस्य समेत रहेका नेपालले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गरिएकोमा असन्तुष्टि प्रकट गरे ।

उनले भने, ‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपर्थ्यो ।’ नेता नेपालले थपे, ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’

सरकारमा गम्भीर तयारी गरेर र पर्याप्त छलफल गरेर भन्दा प्रचारात्मक कुरामा जाने प्रवृत्ति देखिएको नेता नेपालको भनाइ थियो ।

उनले भने, ‘कुनैपनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिपक्व ढंगले निर्णय गरेको देखियो ।’

आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालले बताए । ‘


13
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा