१२ मंसिर २०७८, आईतवार
ब्लग/सामाजिक संजाल

ज्योतिष दीपक सुवेदीले गरे राजसंस्था फर्कने भविष्यवाणी

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार १८:१८


काठमाडौं । बेलाबखत ज्योतिषीको भविष्यवाणीले सामाजिक सञ्जाल तताउने गरेको छ । ज्योतिष फाँटबाट बेलाबेला राजनीतिक मस्तिष्कलाई तताउने गरी हुने यस्ता पेडिक्सनले धेरैको मन तान्ने पनि गरेको छ ।

राजनीतिक परिवर्तनका नाममा बिखण्डनकारीहरूलाई अवसर दिने, राष्ट्रिय भन्दापनि विदेशी विषयलाई महत्त्व दिने क्रियाकलापले नेपाली मनहरू विक्षिप्त भइरहेको समयमा ज्योतिष दीपक सुवेदीले राजसंस्थाको सम्भावना सुरक्षित रहेको बताएका हुन् ।

ज्योतिष दीपक सुवेदीले एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । एक अन्तर्वार्ता दिँदै उनले राजनीतिक लगायतका विभिन्न पक्षसँग सम्बन्धित भविष्यवाणी गरेका हुन् । अन्तर्वार्ताको भिडियोमा अझै राजनीतिक पक्षको व्यक्ति र राजनीतिक व्यवस्था नै पनि दुर्घटनामा पर्नसक्ने उनको भनाई देखिन्छ ।

के नेपालमा राजसंस्था आउने सम्भावना छ ? वर्तमान सरकारको आयु कति ? लगायत अरु धेरै महत्त्वपूर्ण एवं गम्भीर सवालका प्रश्नहरूमा उनले अन्तर्वार्ताको क्रममा भविष्यवाणी गरेका छन् ।

संविधान जारी गर्दाको समय ग्रह अनुकूल नपरेको बताउँदै अन्तर्वातामा सुवेदीले नेपालमा राजसंस्था पुनःस्थापित हुने र नेपालको लागि राजसंस्था बढी हितकर हुने दावी गरेका छन् । साथमा उनले नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने पनि गर्नैपर्ने विषयको बारेमा पनि उनले बताएका छन् ।

विगतमा पनि विभिन्न भविष्यवाणी गर्ने गरेका र ती भविष्यवाणीहरू मिल्ने गरेका हुनाले उनले गर्ने भविष्यवाणी पुग्नसक्ने सम्भावना रहेको विश्लेषकहरूकाे बुझाई रहेको छ ।

राजनीतिक मात्रै नभएर ज्योतिषशास्त्रबाट कसरी बढीभन्दा बढी फाइदा उठाउने, आम सर्वसाधारणहरूलाई पर्ने दुःखकष्ट, संघर्षबाट कसरी मुक्ति पाउने जस्ता विषयमा पनि व्यवहारिक तरिकाबाट उनले अन्तर्वार्तामा अथ्र्याएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा