विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धलाई कांग्रेसको समर्थन

इन्द्र रिजाल
फागुन २९, २०७५ बिहिबार १:१४:५४

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धलाई घुमाउरो रुपमा कांग्रेसले समर्थन गरेको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गम्भीर बन्ने कुराप्रति र नागरिकको शान्ति शुरक्षा कायम गर्नका लागि सरकारलाई पार्टीको समर्थन रहेको बताएका छन् ।
उनले संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि, नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठोर बन्नुपर्ने बताए । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएको भन्दै प्रवक्ता शर्माले समस्याको शान्तिपूर्ण निकाश र दीर्घकालिन समस्या समाधानका लागि वार्ता र छलफल गर्नुपर्ने बताए ।
‘कांग्रेस पार्टी हरेक फरक मतको अन्तिम समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट चाहन्छ’ प्रवक्ता शर्माले भने,‘यसमा सरकार गम्भीर बन्नुपर्छ ।’
प्रवक्ता शर्माले सीके राउतसँग गरिएको सम्झौताका विषयमा भने कांग्रेसले समर्थन गर्न नसक्ने बताएका छन् । राउतसँगको सम्झौतामा उल्लेखति बुँदाहरुमा सकारात्मक बुँदा र नकारात्मक बुँदा वा मनोविज्ञान एउटै दस्तावेजमा रहेको उनले बताए ।
सरकारले सीके राउतसँग घुमाउरो पारामा जनमतसँग्रह स्वीकार गरेको देखिएको भन्दै त्यसप्रति कांग्रेसको गम्भीर विमत्ति रहेको शर्माको भनाइ थियो । जनमतसँग्रह गर्ने गरि गरिएको सम्झौतालाई कांग्रेसले राष्ट्रघाती सम्झौता करार गरेको उनले बताए ।
प्रवक्ता शर्माले मधेशमा देखिएको समस्या समाधानका लागि संविधानमा संशोधन गर्दै अगाडि बढ्नु पर्ने बताए । समस्या समाधान गर्न भने सरकारलाई कांग्रेसले साथ दिने प्रवक्ता शर्माले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्डको भारत भ्रमणः प्राथमिकतामा छैन सीमा विवाद
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
अदालतबाट छुटे पनि सम्पत्ति शुद्धीकरणमा पक्राउ पर्न सक्ने
जेठ ११, २०८० बिहिबार
यही हो बजेटबाट अर्थमन्त्रीले अकुत पैसा कमाउने समय !
केदार भट्टराई (काका)
जेठ १२, २०८० शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा बहस गर्न हच्किए वरिष्ठ कानून व्यवसायीहरु
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार
गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
जेठ १३, २०८० शनिबार
जलहरी विवादमा सहमति, एमालेले संसद अवरुद्ध नगर्ने
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
आज पाँच प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
जेठ १४, २०८० आइतबार
घोराही सिमेन्टको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
जेठ १४, २०८० आइतबार
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक
जेठ १४, २०८० आइतबार
अजोड र युनाईटेड इन्स्योरेन्सको आजदेखि एकीकृत कारोबार
जेठ १४, २०८० आइतबार
विराटनगरमा पहिचान पक्षधरका १७ जना आन्दोलनकारी पक्राउ, सुरक्षा व्यवस्था कडा
जेठ १४, २०८० आइतबार
संशोधन प्रस्तावलाई वेवास्ता गर्दै नीति तथा कार्यक्रम पारित
जेठ १४, २०८० आइतबार