८ चैत्र २०७९, बुधबार

सन्दीप स्वदेश फर्किए, एक सातापछि भारत जाने

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार २१:४७


काठमाडौं । युएईमा जारी पाकिस्तान सुपर लिग ‘पीएसएल’ क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका युवा स्पिनर सन्दीप मंगलबार साझ स्वदेश आईपुगेका हुन् । सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।

सन्दीप एक साता नेपाल बसेर भारत जाने छन् । सन्दीप इण्डियन प्रिमियर लिग ‘आईपीएल’का लागि भारत जान लागेका हुन् । यस्तै सन्दीपले क्रिकेटका हस्तीहरुसंग ड्रेसिङ रुममा समय बिताउदा आफुले धेरै सिक्ने मौका पाएको र आफुले अझै धेरै सिक्न बाँकी रहेको बताए ।

आइपिएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । गत बर्षको आइपिएलबाट नै उनले टी ट्वान्टीमा डेब्यु गरेका सन्दीपले ११ महिना भित्र विश्व भरका प्रशिद्द फ्रेन्चाइज टी-ट्वान्टी लिगमा आफ्नो प्रतिभा देखाइसकेका छन् । आईपीएल मार्च २३ बाट सुरु हुँदैछ । सन्दीपको टिमको पहिलो खेल मार्च २४ मुम्बई इण्डियन्सविरुद्ध रहेको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा