८ चैत्र २०७९, बुधबार
फूटबल

महिला साफ : श्रीलंकाविरुद्ध माल्दिभ्सलाई जित्नै पर्ने दबाब

प्रकाशित मिति :  १ चैत्र २०७५, शुक्रबार ०९:३५


विराटनगर । महिला साफ च्याम्पियनसिप अन्तर्गत आज ‘शुक्रबार’ श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा श्रीलंका र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, समूह ‘ए’ मा रहेका दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

श्रीलंकाको यो पहिलो खेल हो भने माल्दिभ्सको यो दोस्रो खेल हुनेछ । माल्दिभ्सलाई सेमिफाइनलमा पुग्न श्रीलंकाविरुद्धको खेल महत्वपूर्ण हुनेछ ।

पहिलो खेलमा माल्दिभ्स भारतसंग ६-० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनलको सम्भावना जीवित बनाउन माल्दिभ्सलाई जित बाहेक अन्य विकल्प छैन । माल्दिभ्स ‘गर या मर’ को स्थितिमा रहेको छ ।

श्रीलंकासंग पराजित भए माल्दिभ्स बाहिरिने छन् । र, एक खेल अगाबै श्रीलंका र भारतले सेमिफाइनलमा स्थान बनाउने छन् ।

माल्दिभ्सले श्रीलंकालाई पराजित गरे अन्तिम खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छन् । समूह चरणको अन्तिम खेलमा भारत र श्रीलंका खेल्ने छन् ।

समूह ‘ए’ मा भारत ३ अंकसहित शीर्ष स्थानमा छ । माल्दिभ्स र श्रीलंका अंकविहीन रहेको छ । महिला साफ अन्तर्गत समूह ‘बी’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा