काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा रहेका दुई वटा मस्जिदमा अज्ञात समूहबाट आक्रमण गरिएको छ। मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा त्यहाँका मानिसहरुमा भयावह स्थिती सिर्जजा गरेको छ । घटनामा करिब २७ जनाको मृत्यु भएको जनाइएको छ ।
नमाज पढ्ने समय त्यहाँ आक्रमण भएको कारण मृत्यु हुनेसंख्या बढी भएको बताइएको छ । घटनामा अन्य थुप्रै घाइते भएको जनाइएको छ । आक्रमणपछि सोक्षेत्रका विद्यालय, अस्पताल र अन्य मस्जिदहरु अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।
न्युजिल्याण्डको दक्षिण आइल्याण्ड सिटीमा रहेका दुई मस्जिदमा भएको फायरिङमा न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् । टिम बसेको होटलमा अहिले कडा सुरक्षा गरिएको। घटना भएको स्थान नजिकै बंगलादेशको क्रिकेट टिम बसेको होटल पनि रहेको थियो ।
प्रहरी कमिश्नर माइक बुशका अनुसार एक् आक्रमणकारी फेला परेको र उनले आफ्नो नाम ब्रेन्टन ट्यारन्ट बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा शोक व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।