विखण्डनकारी सल्बलाए , मौका पाए

इन्द्र रिजाल
चैत १, २०७५ शुक्रबार १७:४३:२७

♥ बिक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ♥
चन्द्रकान्त, दिपक र खड्क, तीनैजना मेरो नजरमा famous छन् , popular होइन । किनकी famous र popular मा धेरै फरक छ । popular भनेको गोविन्द के.सी हुन्, famous भनेका त गोविन्द के.सी. का बिरुद्ध अनसन बसालिएको गुण्डा …….. । राम्रो काम गरेर नाम कमाउने popular र नराम्रो काम गरेर नाम कमाउने famous बुझ्ने गरी भन्नुपर्दा कुख्यात र विख्यात ……… ।
स्वतन्त्र मधेश मागेका छन् चन्द्रकान्त राउत उर्फ सीके राउतले । अमेरिकामा मासिक १५ लाखको जागिर छोडेर मधेश माग्न आए चन्द्रकान्त । नेपालबाट छात्रबृतिको कोटामा बिदेशमा पढेर जान्ने, बुझ्ने भएपछि नेपाल आमाकै छातीमा बुट बजारेका छन्, चन्द्रकान्तले । किन स्वतन्त्र मधेश …. मधेश नेपालको उपनिबेश हो भनेर हिड्दै छन् यिनीहरु…. । उपनिबेशको परिभाषा के हो, कस्तोलाई उपनिबेश भनिन्छ ? भन्ने कुरो नै तिनीहरुले बुझेका छैनन् र सीधासाधा मधेशी जनतालाई महामुर्ख बनाएका छन् ।
मधेश त कयौं गुना विकसित छ, हिमाली र पहाडी भेग भन्दा … हिमाली जनताले एक किलो चामल र एक किलो नुनका लागि कठोर संघर्ष गरिरहेका छन् । एक महिना, केबल एक महिना छुट्टै मधेश चाहिन्छ भन्ने नेतालाई हिमाली प्रदेशको सामान्य जनतासरी जीवननिर्वाह गर्न लगायो भने लेखेर राख्नुस, ती नेता फेरि मधेश र्फकेर आउन सक्दैनन्, तिनको इहलिला नै त्यही समाप्त हुन्छ ।
हिमाल, पहाड र तराई बनेर नेपाल राष्ट्र बनेको छ । उपनिबेश कहिल्यै पनि उपनिबेश बनाउने राष्ट्रभन्दा सफल र विकसित कहिल्यै हुदैन । भारत बिट्रेनको गुलाम रहँदा बिट्रेनभन्दा विकसित र शक्तिशाली थिएन र ७३ वर्षसम्म स्वतन्त्र भएपनि बिट्रेनको २०% दाँजोमा पनि अझै आउन सकेको छैन । अब बुझ्न जरुरी यहाँनेर छ, हिमाल ,पहाड र मधेशमा सबैभन्दा सुगम, विकसित र शिक्षित मधेश नै छ । स्कुल, अस्पताल, बाटोघाटो, खानेपानी, बिजुली, इन्टरनेट, सिचाँई, शहर र सुृविधाजनक जति विकास भएका छन्, हिमालभन्दा १० गुणा र पहाड भन्दा ५ गुणा बढी विकास त मधेशमा नै भएको देखिन्छ । र प्रश्न त यहाँनेर उठ्छ, उपनिबेश बनाउने राष्ट्रभन्दा सो राष्ट्रले बनाएको उपनिबेश कसरी विकसित भयो ? उपनिबेशबाट त उपनिबेश बनाउने राष्ट्रले सकेको लुट्छ त…. ।
यसको उदाहरण भारत र बिट्रेनको इतिहास नै काफी छ । भारतबाट बिट्रेनले हजारौ करोड डलर बराबरको सम्पत्ति लुटेर लगेको थियो । अनि हिमाल र पहाडले के लुटेको छ मधेशबाट ? बरु आफुले तिरेको कर र श्रमबाट मधेश सिर्गान लागेको छ । नेपालीले अझ मधेशीमुलको नेपालीले त कदापी पनि स्वतन्त्र मधेशको नाम पनि सुन्न चाहन्नन्, किनकी ती भनेकै वास्तविक मधेशी हुन् र साँचो नेपाली हुन् । उपेन्द्र यादव, विमलेन्द्र निधि, जुली महतोलगायतका मधेशीहरु सच्चा मधेशी र नेपाली हुन् । वर्ण कालो हुदैमा मधेशी हुने होइन । राई, लिम्बु, नेवार, ब्राह्मण, क्षेत्री, मुस्लिम पनि मधेशी हुन् । मधेशमा बसोबास गर्ने हरकोही नेपाली मधेशी हुन् । पहाडमा वस्ने हरकोही नेपाली पहाडी हुन् । हिमालमा बस्ने हर कोही नेपाली नै हिमाली हुन्, यी कुरा नबुझ्ने कुकुरहरुले बुझ्न जरुरी छ ।
ओ.के …. अहिले चन्दकान्तले मधेश माग्यो … भारतले साथ देला … तर हिमाली नेता दिपक मनाङ्गे (जसलाई डनको पगरी भिराईएको छ) नेतृत्वमा हामी हिमाली जनता पनि नेपालको उपनिबेश हो र हामीलाई छुट्टै हिमाली राष्ट्र चाहिन्छ भनेर चीनले पनि साथ दिने हो भने खड्क ओ.ली. पहाडको मात्र प्रधानमन्त्री हुन चाहन्छन् ? के हिमाली राज्य चीनसंग मिलेको हिमाली नेतालाई दिन सक्छन्… ? मधेश ….मधेशी नेता तथा भारतलाइर्, हिमाल हिमाली नेता तथा चीनलाई दिने… ?
मधेश त कयौं गुना विकसित छ, हिमाली र पहाडी भेग भन्दा … हिमाली जनताले एक किलो चामल र एक किलो नुनका लागि कठोर संघर्ष गरिरहेका छन् । एक महिना, केबल एक महिना छुट्टै मधेश चाहिन्छ भन्ने नेतालाई हिमाली प्रदेशको सामान्य जनतासरी जीवननिर्वाह गर्न लगायो भने लेखेर राख्नुस, ती नेता फेरि मधेश र्फकेर आउन सक्दैनन्, तिनको इहलिला नै त्यही समाप्त हुन्छ । म सलाम गर्न चाहान्छु, ती हिमाली जनतालाई जसले एक किलो चामलका लागि संघर्ष गर्दापनि म नेपालको छोरा वा छोरी भन्न कदापि चुक्दैन्न ।
हुदैन बिहान मिर्रमिरेमा तारा झरेर नगए !
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए !!
यहाँनिर कवि भूपि शेरचन मज्जाले चुकेका छन् । नेपालमा हजारौं सपुतहरु मरेर शहिद भई सके, त्यही पनि मुलुक सफल हुन सकिरहेको छैन ? भूपिले हुदैन बिहान मिर्रमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक वृद्ध, रोगी, अशिक्षित र लुटिखान पल्केका नेताहरु अकालमा मरेर नगए भनेर लेख्नुपर्ने हो तर गलत लेखेको महशुस भएको छ मलाई । हैरान, हैरान र हैरान नै पारेका छन् नेपाली जनताहरुलाई । नेताहरुले लोभ देखाएर कहिले के को र कहिले के को …. विश्वास गर्दा र नजिता कुर्दै जाने भयो नेपालीको जीवन । कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्र, समृद्धि, रेल, पानीजहाज, पाईपग्याँस, खाट्मै भात र अझै के के आउने हो । तर बोलेर मात्र विकास सम्भब हुदैन् ।
विखण्डनकारीलाई जेलबाट निकालेर माला अर्पेर सम्मान दिर्दै हेलिकप्टर र अंगरक्षक दिर्दैमा पपुलर हुनसक्नु हदैन् महोदय, बरु फेमश हुन सक्नुहुन्छ । कही नभएको जात्रा हाँडी गाउँमा भन्ने स्थानीय उखान आज परिवर्तन भएर कँही नभएको नाटक नेपालमा भनेर अन्तर्राष्ट्रिय भईसकेको कुरा कम्यूनिष्ट, कांग्रेस र विभिन्न राजनीति दलमा आबद्ध नेताहरुलाई थाहा नै छैन ।
गुण्डाका नाईके दिपक मनाङ्गेलाई कसैले झण्डै बुद्धि हालिदिएनछन् छुट्टै हिमाली राज्य माग्नु पर्छ भनेर ….. । नत्र उहाँको सम्पूर्ण मुद्दा खाजेर भई गण्डकी प्रदेशका मुख्यमन्त्री पनि हुन सक्नुहुनेछ । र डा. बाबुराम भट्टराई जत्तिकै बुद्धिजीवी हुनुहुँदो रहेछ भनेर प्रवचन आईहाल्थ्यो तर दिपक मनाङ्गेलाई बुद्धि फुराई दिने कुनै नेताको हिम्मतै भएन । बाघलाई पिञ्जडाबाट निकाल्यो भने हामीलाई खाईदिन सक्छ भन्ने उखानसँग डराएर होला सायद !
सम्माननीय प्रधानमन्त्री केपी ओलीले भारतले नाकाबन्दी लगाउँदा जुन राष्ट्रवाद पेश गर्नु भएको थियो । आज एकवर्ष भित्रैमा उक्त राष्ट्रवाद छताछुल्ल भएको छ । दुई तिहाईको बहुमत कांग्रेसीको आपसी फुट, मधेशको साथ प्रचण्डको जग सबै गोटी आफ्नो हातमा हुँदापनि निर्मला, गोरे काण्ड, लगाएत दर्जनौ मुद्दाहरुमा पूर्णत असफल भई जनता माझ नै अप्रिय भईसकेका छन् । एउटा गायककारलाई तेरो गीत बन्द गर भन्ने कस्तो गणतन्त्र हो ? यस्तो बन्देज त राणकालमा पनि थिएन ।
१५ हजार रुपैयाँ पर्ने १ बोतल पानी दिनको ४ बोतल खाँदा महिनाको १८ लाख रुपैयाँ पानीमा खर्च गर्ने प्रधानमन्त्रीका रुपमा पनि खड्कजी दरिएका छन् । वास्तवमा महिनामा १८ लाखको पानी पिउने प्रधानमन्त्रीको मगजमा कम्तिमा महिनामा १८ करोड डलर राष्ट्रको ढुकुटीमा जम्मा गर्नसक्ने बुद्धि अवश्य हुनुपर्छ । नत्र नेपाली जनताले आफ्नो देश तथा खाडी मुलुकमा गएर बगाएको रगत र पसिनालाई पानी बनाएर खाने विखण्डनकारीलाई जेलबाट छुटाएर अभिनन्दन गर्दै देश टुक्राउन मद्दत गर्ने जमर्को गर्छ भने भोलि नेपाली जनताले एकएक हिसाब मागेर न्याय गर्ने छन् भन्ने कुरामा दुईमत नै छैन ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शेखर कोईरालाहरु आफुहरुले खाईरहेको मह कम्यूनिष्टहरुले कब्जामा लिएर यिनीहरुलाई देखाई देखाई स्वाद लिदै खाई रहँदा पनि खोसिएको मह हेदै आ–आफैमा लडन छोडेका छैनन् । कमल थापा जस्ता ढोगी नेताहरु गाईलाई नेपाल भरि डुलाउदै हिन्दुराज्य हो भन्दै उपप्रधानमन्त्री खाने दाउमा देश दौडाहामा लागेका छन् ।
यसरी आपसी फुटमा अल्झिरहेका नेता गणहरुलाई यो पनि हेक्का रहोस कि चीनको हल्का ईशाराले दिपक मनाङ्गेलगाएका अन्य हिमाली नेताले चन्द्रकान्तले जस्तै छुट्टै हिमाली राज्य पनि माग्ने छन् र अवश्य माग्ने छन् । अस्तु ।
(लेखक : स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । )
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने
जेठ २२, २०८० सोमबार
यौन दुर्व्यवहार मुद्दामा मदन राई धरौटीमा रिहा
जेठ २२, २०८० सोमबार
सांसदहरूले गरे गाँजा खेती गर्ने सरकारको निर्णयको समर्थन
जेठ २२, २०८० सोमबार
राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त
जेठ २२, २०८० सोमबार
प्रतिनिधिसभाको बैठकमा शाेक प्रस्ताव पारित, अर्काे बैठक भाेलि ११ बजे बस्ने
जेठ २२, २०८० सोमबार
अर्थमन्त्री महतमाथि घरानालाई पोस्ने गरी करको दर हेरफेर गरेको आरोप
जेठ २२, २०८० सोमबार