काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक बस्ने भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जान लागेकाले नेकपाले सचिवालय बैठक बोलाएको हो ।
अध्यक्ष प्रचण्ड यहि मार्च १८ तारिखका दिन अमेरिका जान लागेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेको जनाईएको छ ।
दाहालसँगै परिवारका अन्य केही सदस्यपनि अमेरिका जाने बताइएको छ । यसअघि प्रचण्ड पत्नी सीताको उपचारकै लागि दाहाल गत असोजमा सिंगापुर गएका थिए ।
सिंगापुरमा सीताको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । सीता मधुमेह र उच्च रक्तचापबाट पीडित हुदै आएकी छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानु अघि नेकपाको सचिवलाय बैठक बस्ने तयारी भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।