१९ चैत्र २०७९, आईतवार

‘अब सत्तामुखी राजनीति गर्दैनौं, हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’

प्रकाशित मिति :  १ चैत्र २०७५, शुक्रबार २१:०७


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का अध्यक्ष कमल थापाले पार्टीले अब सत्तामुखी राजनीति नगर्ने स्पष्ट पारेका छन् ।

पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने,‘राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन।’

उनले काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । उनले अघि थपे,‘काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ ।

हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पटक–पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता