बैदेशिक रोजगार बोर्ड : ८ महिनामा आयो ५२४ कामदारको शव
इन्द्र रिजाल
चैत २, २०७५ शनिबार ६:२१:५६
काठमाडौं । बैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ५२४ नेपालीको शव नेपाल भित्रिएको छ । यसमध्ये ५०८ जना पुरुष र १६ जना महिलाका थिए । बोर्डका अनुसार मृतक कामदारका परिवारलाई गत साउनदेखि माघसम्ममा मात्रै ३४ करोड २५ लाख क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।
सरकारले यो बीचमा विदेशमा अलपत्र कामदारको ५७ वटा शव आफ्नै खर्चमा झिकाएको छ । जसका लागि ६९ लाख ४९ हजार खर्च भएको श्रेष्ठले जानकारी दिए । यसैगरी मृतक कामदारको शव ढुवानीमा १० लाख खर्च भएको छ ।
विदेशमा काम गर्दागर्दै अंगभंग र बिरामी भएका २०१ कामदारलाई पनि क्षतिपूर्ति दिइएको छ । यसमा ४ करोड ३८ लाख रुपैयाँ बोर्डले खर्चेको छ । अलपत्र कामदारको उद्दार खोजतलासका लागि २५ लाख खर्च भएको श्रेष्ठले जानकारी दिए । कामदारको बिरामी भएका १७ आफन्त तथा परिवार ८ लाख बराबरको सहयोग गरिएको छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट मृतक र अंगभंग भएका कामदारको तथ्यांक भयावह भएको बताउँछन् । यता सरकारले भने कामदारको मृत्युदरलाई कम गर्न र स्वाथ्य अवस्था सुधार्न सरकारले नेपालबाटै विशेषज्ञ डाक्टरको टोली गन्तब्य मुलकुमा पठाएर स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा टेलिमेडिसिनमार्फत सेवा दिनेबारे सरकारले छलफल गरिरहेको छ ।
‘सानोसानो ज्ञान नपाएर कामदारको ज्यान गइरहेको छ, बुटवल अस्पतालमा मिर्गौलाको डायलासिस गराउनेमध्ये ३१ प्रतिशत वैदेशिक रोजगारीबाट फर्केका ३० वर्षमुनिका युवा रहेछन्,’ बिष्टले भने,’पानी टन्न पिउनुपर्छ भन्ने सेचतना नफैलाउँदा यस्तो अवस्था आएको हो । हामी कामदारलाई असामयिक रुपमा मृत्युवरण गर्नुपर्ने अवस्था घटाउन काम गर्छौं ।’
विदेशमा गर्मीमा काम गरेर फर्किएका धेरै कामदारले एयर कन्डिसनरमा ताप मेन्टेन गर्न नजान्दा पनि ज्यान गुमाउनुपरेको भन्दै सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने बताए । ‘स(सानो कुरा बिचार नगर्दा असमायिक निधन भोगिरहनु परेको छ । यस्तो अवस्था हटाउने गरी काम गर्नुपर्नेछ,’ बिष्टले भने ।
मृतकका परिवारलाई स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्थाका लागि तयारी भइरहेको उनले जानकारी दिए । मृतक तथा अंगभंग भएका कामदारको परिवारलाई हाल काठमाडौं नै आएर क्षतिपूर्ति लिनुपर्ने बाध्यता छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार