काठमाडौं । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर उपचार गराउँदै आएका पत्रकार अर्जुन सुवेदीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
शनिबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप कुमार थापाले सुवेदीलाई एक लाख ५ हजार रुपैया हस्तान्तरण गरे । पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आफ्ना पदाधिकारी लगाएबाट संकलन गरि उक्त रकम नेपाल पठाएको थियो । कार्यक्रम महासंघका उपाध्यक्ष मगरले पत्रकारको समस्या समाधानका लागी पत्रकारहरु नै एकजुट हुन स्वागतयोग्य भएको बताए ।
महासंघ रिपब्लिका शाखा सदस्य तथा नागरिक दैनिकका संवाददाता सुवेदीलाई केही समयदेखि नेपालका वीर, धुलिखेल र त्रिवि शिक्षण अस्पताल तथा भारतमा उपचार गराइए पनि अझै रोग निको नभएको महासंघले जनाएको छ । अहिले भइरहेको उपचारमा पनि ४० लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने परिवारले जानकारी दिएको छ ।