६ कार्तिक २०७८, शनिबार

जकपुर–जयनगर रेल वैशाखबाट

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार ०७:१४


धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ ।

रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालन तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम थालेको हो ।

त्यस्तै रेल्वे सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका निर्देशक बलराम मिश्रले जानकारी दिए ।

सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक एक सय ५० कर्मचारी छनोट प्रक्रिया सुरु भएको मिश्रको भनाई छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा