काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने र सिके राउतसँगको सहमतिबारे पार्टीभित्र छलफल नभएको स्पष्ट पारेका छन् ।
अनामनगरमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै नेता केसीले राउतसँग सहमति भएको भोलीपल्टै राउतले स्वतन्त्र मधेशको एजेण्डा उठान गरेकाले आशंका उब्जिएको बताए ।
विखण्डनकारी भावना छोडेर मूल धारको राजनीतिमा आउनु सकारात्मक भए पनि राउतको गतिविधि पुरानै हुने हो कि भन्ने चिन्ता कांग्रेसलाई लागेको उनले बताए ।
राउत ११ बुँदे सहमतिविपरित जाँदा सरकारले के गर्ने भन्ने कुरा विचार गर्नुपर्ने केसीले बताए । एकतर्फी रुपमा बहुमतको बलमा निर्णय गर्दै जाने हो भने विशेष महाधिवशेनमा जान बाध्य हुने चेतावनी केसीले दिएका छन् ।
पार्टीभित्रको विवाद र कलहबारे कुरा गर्दै नेता केसीले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । एकतर्फी रुपमा बहुमतको बलमा निर्णय गर्दै जाने हो भने विशेष महाधिवशेनमा जान बाध्य हुने चेतावनी केसीले दिएका छन् ।