काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक लिमिटेडले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । औपचारिक रुपमा संचालनमा ल्याएको उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले २०७५ चैत्र २ गते, शनिबार संयुक्त रुपमा समुद्घाटन गरेका थिए । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे ।
उक्त कार्यक्रमको अध्यक्षता मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकज्यूले गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्र बहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।