८ चैत्र २०७९, बुधबार

प्रचण्ड पत्नीको उपचारको लागि अमेरिका उडे

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार २०:०२


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका प्रस्थान गरेका छन् ।

उहा आइतबार अपरान्ह पत्नी सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गरेका हुन् । प्रचण्डको साथमा उहाकी स्वकीय सचिव तथा छोरी गंगा दाहालसमेत अमेरिका गएका हुन् ।

सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स अस्पतालमा हुने र त्यहाँ प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने प्रचण्डले बताए । उनले मुलुकको राजनीतिक अवस्था र पार्टीको एकताको बाकी काम पुरा गर्न पनि आफु छिटै स्वदेश फर्कने जानकारी दिए । उनले अमेरिकामा रहदा केहि भेटघाट हुन सक्ने र त्यसको व्यवस्था परराष्ट्र मन्त्रालयले गरिरहेको बताए ।

फरक प्रसंगमा उहाले अवको बजेट मुलुकको बिकासमा केन्द्रिय हुने भन्दै बिकासका लागी एक भएर अघि बढ्न उहाले अपिल गरे । प्रचण्ड यस अघि नै अमेरिका जाने तयारीमा थिए । तर, भनेजुएला काण्डपछि भ्रमण स्थगित भएको थियो । पछि अमेरिकाको ग्रिन सिग्नल पाएसँगै प्रचण्ड पत्नी सिताको उपचारका लागि अमेरिका गएका हुन् ।

प्रचण्डलाई बिमानस्थलमा सुवास नेम्वाङ, देवेन्द्र पौडेल सुनिल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगाएतले विदाइ गरेका थिए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा