१३ चैत्र २०७९, सोमबार

नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४

प्रकाशित मिति :  ४ चैत्र २०७५, सोमबार ०७:२६


काठमाडौं । नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ ।

मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ ।

नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिनेछ । एम्बुलेन्स तथा हेली सेवाका लागि अस्पतालको हटलाईन नम्बर डायल गर्न सकिनेछ ।

दूूर्घटना वा भवितब्यका बेला उचीत प्राथमिक उपचार नपाएकै कारण अधिकांश मानिसहरुले ज्यान गुमाउनु परेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले यसका लागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

उनले नेपाल टेलिकम, एनसेल तथा अन्य नेटवर्कबाट सिधा ४ अंक डायल गरी नेपाल मेडिसिटीमा सम्पर्क गर्न सकिने समेत जानकारी दिए ।बढ्दो दुुर्घटना र जोखीमलाई लक्षित गरी त्यस्ता अवस्थामा आवश्यक सहयोग गर्न २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको हो ।

हतार तथा आपतका बेला १० अंक भन्दा ४ अंकको प्रयोग हुदा तत्काल उद्धारका लागि सहयोग पुग्ने र सम्झनसमेत सहज हुने भएकाले यस किसिमको हटलाइन नम्बरको प्रयोग हुन जरुरी रहेकाले नेपाल मेडिसिटी अस्पतालले ११३४ लाई प्राथमिकतामा राखेको रिमालको भनाई छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता