काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण

इन्द्र रिजाल
चैत ४, २०७५ सोमबार १३:२१:२९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ ।
काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषदलाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषदलाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव गलत भएको टिप्पणी गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विधेयकको मस्यौदाले सेना परिचालन गर्ने संवैधानिक व्यवस्थाको उल्लङ्घन गरेको छ, प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक हो ।’
‘मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो तर कुनै निश्चित विषयलाई कारणका रूपमा अघि सारेर राज्यले नै संविधानको प्रष्ट प्रावधान, मर्म र भावनाको बर्खिलाफ हुने गरी विधेयक प्रस्ताव गर्नु अत्यन्तै गम्भीर विषय हो’, विज्ञप्तिमा उल्लेख छ ।
प्रस्तुत विधेयक परिमार्जन नगरी यथास्थितीमै पारित गर्ने प्रयास भएमा काङ्ग्रेसको असहमति रहने जनाउँदै प्रवक्ता शर्माले लोकतान्त्रिक संविधानको दीर्घ जीवनलाई गम्भीर असर गर्ने दिशामा अघि नबढ्न सुझाव दिएका छन् ।
असंवैधानिक विधेयकका विरूद्धमा नेपाली कांग्रेसको प्रेस विज्ञप्ति !
१. राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले केही गम्भीर प्रश्न जन्माएको छ । राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरि परिषद्लाई प्रधानमन्त्रीको लाचार छाँया बनाउने प्रस्ताव गलत र गम्भीर त छ नै शक्तिको अधिकतम विन्यासको लोकतान्त्रिक मान्यता भन्दा विलकुलै विपरीत पनि छ ।
२. संविधानको धारा २६७ को उपधारा ६ भन्छ …सुरक्षा परिषद्को सिफारिशमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुनेछ । संविधानको यो प्रष्ट व्यवस्थाको ठाडो उल्लंघन गरेर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक पनि छ ।
३. मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो तर कुनै निश्चित विषयलाई कारणका रुपमा अघि सारेर राज्यले नै संविधानको प्रष्ट प्रावधान, मर्म र भावनाको बर्खिलाफ हुने गरी विधेयक प्रस्ताव गर्नु अत्यन्तै गम्भीर विषय हो ।
४. हाम्रो संविधानले प्रधानमन्त्रीलाई मुलुकको नेतृत्व बलियो ढंगले गर्न पर्याप्त अधिकार सुरक्षित गरेकै छ तर कहिले प्रधानमन्त्री कार्यालयमा कयौं संस्था र शक्ति थप गर्ने अनि कहिले सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कर्मले अधिनायक बन्ने आकांक्षालाई थप पुष्टि गरेको मात्रै छ ।
५. राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्रीका अलावा रक्षा, गृह, अर्थ र परराष्ट्र मन्त्री, नेपाल सरकारका मुख्य सचिव एवं प्रधान सेनापति सदस्य रहने व्यवस्था छ । कुनै राष्ट्रिय संकट उत्पन्न हुँदा परिषद्को बैठक बस्न नसक्ने परिस्थितिको कल्पना गर्न सकिन्न । त्यस्तो स्थितिको कल्पना विधेयकमा गरिनु र सुरक्षा परिषद्को बैठक नबसी सेना परिचालन गर्न मिल्ने व्यवस्था गरिनु नेपाली सेनाको नेतृत्वलाई सरिक नगराई सेना प्रयोगको गम्भीर मोडमा पुग्नु पनि हो र राष्ट्रिय सुरक्षाको दृष्टिले यो अत्यन्तै संवेदनशील विषय हो ।
६. प्रस्तुत विधेयक परिमार्जन नगरी मौजुदा स्थितिमै पारित गर्ने विषयमा नेपाली कांग्रेसको गम्भीर असहमति रहनेछ । लोकतान्त्रिक संविधानको दीर्घ जीवनलाई गम्भीर असर गर्ने दिशामा अघि नबढ्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्डको भारत भ्रमणः प्राथमिकतामा छैन सीमा विवाद
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
अदालतबाट छुटे पनि सम्पत्ति शुद्धीकरणमा पक्राउ पर्न सक्ने
जेठ ११, २०८० बिहिबार
यही हो बजेटबाट अर्थमन्त्रीले अकुत पैसा कमाउने समय !
केदार भट्टराई (काका)
जेठ १२, २०८० शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा बहस गर्न हच्किए वरिष्ठ कानून व्यवसायीहरु
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार
गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
जेठ १३, २०८० शनिबार
जलहरी विवादमा सहमति, एमालेले संसद अवरुद्ध नगर्ने
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक
जेठ १४, २०८० आइतबार
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
जेठ १४, २०८० आइतबार
सनराइज र लक्ष्मी बैंक एकआपसमा गाभिने
जेठ १४, २०८० आइतबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय
जेठ १४, २०८० आइतबार
आज गुन्द्रुकको भाउ २७५ रुपैयाँ, अन्यको कति ?
जेठ १४, २०८० आइतबार