काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले हतारमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।
उनले सरकारको उक्त निर्णयलाई हतार, अराजनीतिक र अपरिपक्वको संज्ञा दिएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्,‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्यो।’