१९ चैत्र २०७९, आईतवार
खोज / विशेष

पीएसएलको ड्रिम टिम सार्वजनिक, सन्दीप १२ औं खेलाडी

प्रकाशित मिति :  ४ चैत्र २०७५, सोमबार १७:०२


एजेन्सी । पाकिस्तान सुपर लिग ‘पीएसएल’ले यस सिजनको ‘ड्रिम टिम’ ‘टिम अफ दि पीएसएल’सार्वजनिक गरेको छ । यस सिजनको लिग सकिए लगत्तै पीएसएलले ‘टिम अफ दि पीएसएल’सार्वजनिक गरेको हो ।

आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई हराएर क्वेटा ग्याडिएटर्सले उपाधि जितेको थियो । पीएसएलले सार्वजनिक गरेको ड्रिम टिममा नेपालका सन्दीप लामिछाने १२ औं खेलाडीको रुपमा टोलीमा अटाएका छन् । सन्दीप पीएसएलको डेब्यु सिजनमै ड्रिम टिमको १२ औं खेलाडीमा परेका हुन् ।

नेपाली युवा लेग स्पिनर सन्दीपले यस सिजन लाहोर क्वालेण्डर्सबाट खेलेका थिए । सन्दीपले पीएसएलमा उत्कृष्ट बलिङ गरेपनि उनको टिम प्ले फ पुग्न असफल भएको थियो । सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।

पीएसएलले एबी डी भिलियर्सको कप्तानीमा सार्वजनिक गरेको ड्रिम टिममा शेन वाट्सन, कम्रन अकमल विकेटकिपर, केइरन पोलार्ड, वाहब रियाज, हसन अली, बाबर आजम,कोलिन इन्ग्राम, उमर अकमल, आसिफ अली र फाहिम अश्रफ रहेका छन् । पीएसएलले एक छनोट समिति बनाएर ड्रिम टिम घोषणा गरेको हो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा