काठमाडौं । पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायतका विषयमा निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले पनि जारी छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा पदाधिकारी लगायतका केन्द्रीय सदस्यहरु सहभागी छन्।
बैठकमा पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही लगायत समसामयिक राजनीतिका विषयमा पनि छलफल भइरहेकोछ।
बैठक अघि पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र बिजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह लगायतका नेताहरु सभापतिको कार्यकक्षमा अनौपचारिक छलफलमा गरेका थिए।
यसैगरी बरिष्ठ नेता पौडल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेबी यादब, पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला, बलबहादुर केसी लगायतका नेताहरु पनि पौडेलको कार्यकक्षमा अनौपचारिक छलफल गरेका थिए।
यसअघि आइतबार सभापति देउवा निबास बुढानीलकण्ठमा सहमति जुटाउन पदाधिकारी, पूर्ब पदाधिकारी सहित बरिष्ठ नेताहरुको बैठक बसेको थियो।
यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसकेपछि स्थगित गरिएको थियो।