८ चैत्र २०७९, बुधबार

भाजपाका प्रमोद सावन्त नयाँ मुख्यमन्त्री

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार १०:४८


एजेन्सी । मुख्यमन्त्री मनोहर पर्रिकरको निधनपछि भारतको गोवामा भारतीय जनता पार्टी ‘भाजपा’का प्रमोद सावन्त नयाँ मुख्यमन्त्री भएका छन् । विधानसभाका सभामुख रहेका सावन्तले हिजो राति स्थानीय समयअनुसार १.५० बजे पदको सपथ लिएका छन् ।

सावन्तका साथै महाराष्ट्रवादी गोमान्तक पार्टीका विधायक सुदिन धवलिकर र गोवा फरवार्डपार्टीका अध्यक्ष एवं विधायक विजय सरदेसाईलगायत ११ विधायकले मन्त्री पदको सपथ लिएका छन । धवलिकर र सरदेसाईले उपमुख्यमन्त्री पद सम्हाल्ने बताइएको छ ।

 सपथ लिएपछि मुख्यमन्त्री सावन्तले मनोहर पर्रिकरकै कारण आफू यहाँसम्म आएको भन्दै आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउने बताएका छन् । नयाँ सरकारलाई २० विधायकको समर्थन रहेको छ ।

यता गोवा कांग्रेसले भने भाजपाको सरकारको विरोध गरेको छ । कांग्रेस नेता सुनील कौथंकरले राज्यपाल मृदुला सिन्हासमक्ष यो अलोकतान्त्रिक कार्यको विरोध गरेको जनाएका छन् ।

 उनले राज्यमा सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउने मौका नदिएको उल्लेख गर्दै भाजपासमक्ष सरकार बनाउनका लागि बहुमत नभएको बताए ।

नयाँ मुख्यमन्त्री सावन्त गोवाको संखालिम विधानसभाबाट निर्वाचित हुन् । उनीपेशाले आयुर्वेद चिकित्सक हुन् । उनी विगतमा पर्रिकरको निकट मानिन्थे । ४० सदस्यीय गोवा विधानसभामा हाल ३६ विधायक छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा