३ कार्तिक २०७८, बुधबार

कांग्रेस २३ राज्यमा एक्लै चुनाव लड्दै

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार ११:५३


काठमाडौं । आसन्न लोकसभा निर्वाचनमा भारतीय कांग्रेसले २३ राज्यका ३५४ सिटमा एक्लै चुनाव लड्ने भएको छ । उत्तरप्रदेश पछि कांग्रेसले पश्चिम बंगालमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

गत डिसेम्बरमा भएको निर्वाचनमा मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा जित हात पारेपछि कांग्रेसको मनोबल बढेको हो । ४ महिना अघि चुनावका लागि गठबन्धन बनाउन लागि पर्ने भारतीय कांग्रेस अहिले गठबन्धन दलमा सिट बाँडफाँड गर्दा धेरै वा बराबरीको हैसियत खोजिरहेको छ ।

महाराष्ट्रमा एनसीपीसँग बढी सिट लिएको छ भने बिहारमा राष्ट्रिय जनता दलसँग बराबरी हैसियतमा लड्न चाहेको छ । तमिलनाडुमा द्रमुकसँग मात्रै थोरै सिटमा कांग्रेसले चित्त बुझाएको छ । ३९ मध्ये ८ सिटमा मात्रै कांग्रेसले उम्मेदवारी दिने छ ।

कांग्रेसले ७ वटा राज्यमा ठूला क्षेत्रीय दलसँग गठबन्धन बनाएको छ । उसले अघिल्लो निर्वाचनमा बिहार, जम्मू कश्मीर, आन्ध्र प्रदेशमा दोस्रो स्थानमा रहेर सिट लिएको थियो ।

तर अहिले कांग्रेसले बराबरी भाग खोजिरहेको छ । जसका कारण कांग्रेसले सिटमा तालमेल नमिले २३ राज्यमा एक्लै चुनाव लड्ने गरि तयारी पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले कर्नाटकमा चुनावी अभियान शुरु गरेका छन् । उनले कलुबर्गी क्षेत्रमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

उक्त क्षेत्रबाट मल्लिकार्जुन खड्गे चुनाव लड्दै छन् । संवोधनका क्रममा गान्धीले मोदीले ५ सय र एक हजार दरका भारु नोट बन्द गरेको र देशको संविधान खत्तम बनाउन खोजेको आरोप लगाए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता