काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट मंगलबार बिहान अदालतमा हाजिर भएका छन्।
यसअघि नै उनलाई सरकारले बर्खास्त गरिसकेको छ। निर्मला हत्याको आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई धरौटीमा रिहा भइसकेका छन्।
अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई ४ लाख, सोको ‘सिन अफ क्राइम’अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार, स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।