काठमाडौं । कर्मचारी समायोजनबाट सरुवा भएका दुई सहसचिवलाई काठमाडौ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले बिदाई गरेका छन् ।
गएको भदौ १३ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार महानगरमा प्राबिधिक सहसचिव ई. भरत अर्याल र प्रशासनमा सहसचिबका रुपमा डा. टोकराज पाण्डेको पदस्थापन भएको थियो ।
दुबै स्याङ्गजामा जन्मेर निजामति सेवामा लागेका ई. अर्याल र डा. पाण्डेको मन्त्रीपरिषद्को निर्णयअनुसार पाण्डे, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय मातहतको सहकारी बिभागमा र ई अर्यालको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सरुवा भएका छन् ।
पाण्डेले बिभागको रजिष्ट्रारका रुपमा र अर्यालले बस्ती पुननिर्माण महाशाखा प्रमुखका रुपमा काम गर्ने बताइएको छ । बिदाइ कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले समूहगत कार्यबाट मात्र परिणाम निकाल्न सक्नेमा जोड दिँदै आपसमा विश्वाश गर्न र असम्बन्धित काममा चासो नराख्न अधिकारीहरुलाई आग्रह गरे ।
महानगरको क्षत्रे फराकिलो छ । काम गर्ने जनशक्ति धेरै छन् । श्रोत धेरै छ । यसको अधिकतम उपयोगबाट नागरिकलाई लाभ पु¥याउने दिशामा कर्मचारीको अर्जुनदृष्टि हुनु पर्नेमा उनको जोड थियो ।