८ चैत्र २०७९, बुधबार

मेरो आगनीमा आज जुन उदायो

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार १६:३७


काठमाडौं । काफिया फिल्मस् ब्यानरमा काफिया शाही ‘क्रिसु’ र कविरविक्रम शाहीले निर्माण गरेका साथै चलचित्र ‘लिली बिली’ को चर्चित जोडी प्रदिप खडका र जसिता गुरुङको अभिनय रहेको यो बर्ष कै बहुप्रतिक्षित चलचित्र ‘लभ स्टेसन’को अर्को गीत , मेरो आगनीमा आज जुन उदायो बोलको गीत रिलिज भएको छ ।

यो भन्दा अगाडि घाम जुन चाहिदैन बोलको गीत रिलिज यो भन्दा अगाडि घाम जुन चाहिदैन बोलको गीत रिलिज भइसकेको छ । गीत मा प्रदिप एक गायक को रुप मा देखिएका छन ।

नायिका जसिता लाई इम्प्रेस गर्न प्रदिप ले बार मा आँफै गीतार बजाउदै गीत गाएको देखिन्छ । चकलेटी अनुहार अनी मुस्कान मज्जै ले देख्न सकिन्छ । यो गीतमा निर्देशक उज्ज्वल घिमिरे को शब्द रहेको गीत मा बरिश्ठ संगीतकार शम्भुजित बास्कोटा को संगीत र सुरेश लामा को स्वर सुन्न सकिन्छ ।

सांगीतिक प्रेम कथामा आधारित फिल्ममा प्रदीप सँगै जसिता गुरुङ्ग रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही ‘क्रिसु’ र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाकंन रहेको फिल्ममा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत छ । उनले आफ्नो कामको मुल्याङ्कन खोजिरहँदा उनका फ्यानले भने फिल्मको सफलताको खोजि गरिरहेका छन् ।

अग्रज र अनुभवी निर्देशक उज्ज्जल घिमिरेले निर्देशन गरेको फिल्म पारिवारिक-प्रेम कथा सँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी दिएका छन । फिल्म यही चैत्र २२ मा देश भरका हलहरुमा एक साथ प्रदर्शनमा आउँदैछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा