काठमाडौं । प्रतिबन्ध लगाएको एकसाता नपुग्दै सत्ताधारी ‘नेकपा’का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालले नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्र विक्रम चन्द विप्लब र कार्यकर्ताहरूलाई गोली हान्न निर्देशन दिएको खुलेको छ ।
सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन आएको र देख्नासाथ गोली हान्न सर्कुलर जारी गरिएको प्रहरीको उच्चस्रोतले जानकारी दियो । अहिले विप्लव नेतृत्वको पार्टीको वाहुल्यता रहेका जिल्लामा प्रहरीले ब्यापक अप्रेसन गरिरहेको छ भने कार्यकर्ता गिरफ्तार गरिरहेको छ ।
प्रतिबन्धित पार्टीको प्रभाव रहेका क्षेत्रमा अहिले सरकारले निकै संख्यामा प्रहरी खटाएको छ । प्रदेशबाट प्रहरी परिचालन गरिएपनि ओली र प्रचण्डकै निर्देशनमा काठमाडौंबाट समेत थप प्रहरी पठाइएको स्रोतले जानकारी दियो ।
कर छली गरेको एनसेल टावर र विदेश पठाइदिने भन्दै युवा ठग्ने वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा विस्फोट गराएपछि अहिले सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको छ । ललितपुरमा विप्लव समूहले विस्फोट गराउँदा १ जना सर्वसाधारणको समेत मृत्यु भएको थियो ।
व्यापक चन्दा असुली र विस्फोट तथा विदोहोन्मुख राजनीतिक गतिविधी बढाउँदै लगेपछि सो पार्टी प्रतिबन्धमा परेको हो ।