१९ चैत्र २०७९, आईतवार

आज जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार ०९:०२


काठमाडौं । जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ। दिवसमा अबसरमा विभिन्न संघसंस्था, अधिकारकर्मी लगायतको सहभागीतामा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसयता सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा दिवस मनाउने गरिएको छ। नेपालले सन् १९७१ मा महासन्धि अनुमोदन गरेको थियो।

२०६२(६३ को जनआन्दोलनपछि पुनस्थापित संसदले २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। जातीय छुवाछुत कसुर सजाय ऐन पनि नेपालमा कार्यान्वनयमा छ। तर जातिका आधारमा गरिने भेदभावमा भने कमि आएको छैन। नेपालको जनसंख्याको १३ दशमलव आठ प्रतिशत संख्या दलितको छ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता