१९ चैत्र २०७९, आईतवार

जनकपुरमा भोली मात्रै होली हुने

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १०:४९


जनकपुर । अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शुक्रबार हुने भएको छ ।तराईका जिल्लामा आज होली हुने भएपनि जनकपुरमा भने भोली मात्रै होली हुने भएको हो ।

प्रदेश सरकारले जनकपुरमा भोली विदा समेत दिएको छ । आज परिक्रमाको समापनको कार्यक्रम छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तगृह परिक्रमा गरी पूर्णाहुति गर्ने परम्परा रहेको छ ।

होलीका दिन जनकपुरधामको चोक चोकमा एक अर्कालाई रंग अबिर दलेर होली खेल्ने परम्परा रहेको छ ।नगरको केही स्थानमा मटकाफोर कार्यक्रमको आयोजना समेत गरिने गरिन्छ । मिथिलाको होली हेर्न ठूलो संख्यमा विदेशी पर्यटक जनकपुरधाम पुग्ने गरेका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा