१८ चैत्र २०७९, शनिबार
ब्लग/सामाजिक संजाल

युरोपेली युनियनद्धारा गुगलमाथि लाग्यो पौने दुई खर्बको जरिवाना

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १२:१२


एजेन्सी । युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको भन्दै पौने दुई खर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ ।

अनलाइन विज्ञापनमा आफ्नो मजबुत स्थितिलाई दुरुपयोग गरेको अभियोगमा गुगलमाथि १ अर्ब ६८ करोड डलर जरिवाना गरिएको हो । प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा गुगलमाथि युरोपेली युनियनले जरिवाना लगाएको यो तेस्रोपटक हो ।

युरोपेली संघका प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेगरले बुधबार ब्रसेल्समा पत्रकार सम्मेलन गरी गुगलको एडसेन्स विज्ञापन कारोबारका विषयमा लामो समयदेखि चल्दै आएको अनुसन्धानको परिणामका बारेमा जानकारी दिइन् ।

उनका अनुसार गुगलले एडसेन्स प्लेटफर्मको साटो ब्रोकरको उपयोग गरिरहेका वेबसाइटहरुलाई रोक्नका लागि आफ्नो मजबुत स्थितिको दुरुपयोग गरेको छ ।

युरोपेली आयोगले गुगल र यसको मातृ कम्पनी अल्फाबेटले युरोपेली संघको प्रतिस्पर्धा निरोधक नियमको उल्लंघन गरेको छ । गुगलले एडसेन्सको उपयोग गर्ने वेबसाइटहरुसँगका अनुबन्धमा प्रतिबन्धात्मक व्यवस्था गरेको र त्यसबाट प्रतिस्पर्धी कम्पनीहरुलाई आफ्नो विज्ञापन ती वेबसाइटमा दिनबाट रोकिएको छ ।

माइक्रोसफ्टले सन् २००९ मा युरोपेली प्रतिस्पर्धा आयोगमा गुगल विरुद्ध उजुरी गरेको थियो । सन् २०१६ मा आयोगले यो मामिलाको छानविन सुरु गरेको थियो ।

स्मरण रहोस् गतवर्ष युरोपेली प्रतिस्पर्धा आयोगले गुगलमाथि ४।३४ अर्ब युरो जरिवानाको निर्णय गरेको थियो । त्यस्तै सन् २०१७ मा अनलाइन सपिंग सर्चको परिणामसँग सम्बन्धित मुद्दामा गुगलमाथि २ अर्ब ४२ करोड युरो जरिवाना गरिएको थियो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा