८ कार्तिक २०७८, सोमबार

इ.पी.एस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मा

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १५:४४


काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन्।

यहि मिति २०७५ साल चैत ८ गतेदेखि १७ गते (तदनुसार अप्रील २२–३१) सम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक (TOPIK- Test of Proficiency in Korean Language) परीक्षा
शूल्क भुक्तान गर्न सकिने छ ।

‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन्। परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ ।

उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ ।

परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि जततउकस्ररभयभचक।भउकलभउब।िनयख।लउर साइटमा जानुपर्नेछ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः
झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आईएमई डिजिटलले ‘ आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने छ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत्विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने
लक्ष्य लिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा