काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारी निवास बालुवाटारमा समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बिहीबार राती अबेर सुरु भएको छ ।
नेकपाका पार्टी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारमा अमेरिकामा गएको मौका छोपी बिहीबार राती अबेर बालुवाटारमा बैठक सुरु बालुवाटार स्रोतले जनाएको छ ।