२२ मंसिर २०७८, बुधबार

इराकको टिगरिस नदीमा डुंगा डुब्दा एक सय जनाको मृत्यु

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार ०७:१९


एजेन्सी। इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले जनाएको छ ।

डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्डमा जाँदै थिए तर यी कसैलाई पनि पौडिन आउँदनथ्यो । यद्यपि अधिकारीहरुले नदीमा पानीको बहाव बढेको भन्दै पहिल्यै चेतावनी जारी गरेका थिए । अधिकारीहरुका अनुसार मोसुल बाँधको ढोका खोलिदिएका कारण जलस्तर बढेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा