चीनको रसायन उद्योगमा विस्फोट हुँदा ४७ को मृत्यु, ६४० घाइते
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १८:२९:२३
एजेन्सी । पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ । भने ६४० जना घाइते भएका छन् ।
आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २।२ म्याग्निट्युडको कम्पन मापन गरेको थियो। यो चीनमा हालैको वर्षमा भएको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्येको एक हो।
बिहीवार दिउँसो २:५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार जम्मा ६४० जनालाई अस्पताल पठाइएकोमा ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते छन्।
सामाजिक सञ्जालमा भेटिने तस्बिरहरूमा आगोको गोला पड्केर सो क्षेत्रलाई ढाकेको र मानिसहरू घाइते भएको देखिएको छ। स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोटको यति शक्तिशाली थियो कि कारखानाको भवनहरूको भग्नावशेषहरू परसम्म लागेर कामदारहरू घाइते भएका थिए।
तीन किलोमिटर पर रहेको अर्को रासायनिक मलको छाना समेत सो विस्फोटका कारण खसेको र झ्याल तथा ढोका फुटेका थिए। आगलागी शुरू भएको १२ घण्टापछि आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ।
गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन बोकेको गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो। गत वर्ष नै जुलाइमा दक्षिण-पश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो।
हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए। बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार