१७ मंसिर २०७९, शनिबार

शिक्षामन्त्री पोखरेललाई फुडप्वाइजन, अस्पताल भर्ना

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार १२:५२


काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन्।

गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए। त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए।

भर्ना हुनैपर्छ भनेपछि पाटन स्वास्थय विज्ञान प्रतिष्ठानमा भर्ना भएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए। मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका छन्। तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा