२३ मंसिर २०७९, शुक्रबार

काठमाडौंका होडिङ बोर्ड मानवीय सुरक्षाका लागि जोखिम

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार ०७:२८


काठमाडौं: हावाहुरीको मौसम शुरू भएसँगै काठमाडौं महानगर क्षेत्रभित्रका कतिपय स्थानमा अव्यवस्थित रूपमा राखिएका होडिङ बोर्ड र प्रचार सामग्रीले मानवीय सुरक्षामा खतरा पुग्ने देखिएको छ।

महानगर क्षेत्रका नयाँ सडक, असन, सुन्धारा, ठमेल, लैनचौर, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कलङ्की बानेश्वर, कोटेश्वर र चावेल लगायतका क्षेत्रमा राखिएका व्यावसायिक विज्ञापन र होडिङ बोर्डलाई हावाहुरीले हल्लाउँदा बोर्ड खस्ने र त्यसले मानवीयसुरक्षामा असर पुग्ने खतरा देखिएको छ।

साँघुरो र व्यस्त स्थानमा राखिएका यस्ता होडिङ र प्रचार बोर्डले मानवीय जोखिम निम्तिन सक्नेप्रति महानगरपालिकाको ध्यान गएको छैन।

महानगरपालिकाले जारी गरेको बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीतिमा मानवीय, भौतिक सुरक्षा र सहरी सौन्दर्यतामा कुरूप पार्नेगरी होडिङ बोर्ड निषेध गर्ने उल्लेख छ। तर त्यसको प्रभावकारी अनुगमन र नियमन नहुँदा कुनै पनि बेला जोखिम निम्तिन सक्ने खतरा देखिएको छ।

वि.सं. २०७० मा बनेको उक्त नीतिमा सार्वजनिक र व्यक्तिको घरको छतमा राखिने होडिङ् बोर्डलाई आधुनिक प्रविधियुक्त र वातावरणमैत्री बनाउँदै होडिङ् बोर्ड र प्रचार सामग्रीको अनुगमन र नियमन गर्ने उल्लेख छ। तर प्रभावकारी कार्यान्वयन भएको छैन।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाल महानगरले सबै स्थानमा होडिङ बोर्ड राख्ने अनुमति व्यावसायीलाई नदिएको बताए। अनुमगन गरी त्यस्ता होडिङ बोर्ड र प्रचार सामग्री हटाउने उनले बताए।

अव्यवस्थित प्रचार र होडिङ बोर्डले सहरी सौन्र्दयतालाई कुरूप पारिएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले धरापमा परेका र अव्यस्थित प्रचार सामग्रीलाई महानगरपालिकाले हटाउँदै जाने प्रष्ट पारेको खबर गोरखापत्र दैनिकमा खबर छ।


13
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






कोदो कुट्दै एक किसान
नेपालबहस संवाददाता