नेयमारलाई युएईएफएको कारबाही
इन्द्र रिजाल
चैत ९, २०७५ आइतबार १:२८:५१
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’का स्टार स्ट्राइकर नेयमारलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले कारबाही गरेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत इन्ग्लिंश क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको कारण युएईएफएले नेयमारलाई कारबाही गरेको हो ।
युएईएफएले नेयमारलाई तीन खेलको प्रतिबन्धसहित कारबाही गरेको हो । तर, युएईएफएले प्रतिबन्ध हुने खेलको मिति भने तोकेको छैन ।च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसंग ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
उक्त खेलमा युनाइटेडका मार्कुस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अन्तिम आठको यात्रा तय गराएका थिए । पीएसजीका किम्पेम्बेले ह्याण्डबल गरेपछि युनाइटेडले भीएआरको सहायताले पेनाल्टी पाएको थियो ।
युनाइटेडसंगको हारपछि बेञ्चमा रहेका नेयमारले सामाजिक संजालमा रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउदै आपत्ति जनक प्रतिक्रिया लेखेका थिए । उक्त खेलमा चोटका कारण नेयमारले दर्शकको रुपमा खेल हरेका थिए ।
नेयमारले इन्ष्टाग्राममा फुटबल नबुझेको रेफ्रीले ह्याण्डबल दिएको भन्दै आपत्ति जनक शब्द लेखेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार