८ कार्तिक २०७८, सोमबार
राजनीति

नेकपा र नयाँ शक्तिलाई लाग्यो झट्का, २९१ जना नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति :  १२ चैत्र २०७५, मंगलवार ०८:४२


बैतडी । बैतडीमा नेकपा र नयाँ शक्ति परित्याग गरि २९१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाका नेता गङ्गा दत्त भट्ट सहित २७४ जना र नयाँ शक्तिका बुद्धिबल्लभ धानिकसहित १५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले दशरथ चन्द नगरपालिकाको कलौनमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नवप्रवेशीहरुलाई सदस्यता वितरण गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेता लेखकले कम्युनिस्ट सरकारप्रति वितृस्णा र निराश भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढदै गएको दाबी गरे ।

उनले देशभर कांग्रेस प्रवेश गर्नेको लहर चलेको समेत दाबी गरे । नव प्रबेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिबद्धता समेत लेखकले गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा