कृषिबाटै नाम, दाम र इज्जत कमाउँदै चौधरी

इन्द्र रिजाल
चैत १४, २०७५ बिहिबार १४:३९:९

घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् – कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी ।
प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउँदै आएका छन् ।
प्राविधिक शिक्षा पढेका चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागिपरिरहेका छन् । आफ्नै माटोमा भविष्य खोज्न सफल भएका छन् ।
कृषिप्रतिको लगावकै कारण उनी अहिले व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त छन् । विद्यालय अध्यापनमा मध्यमखालका उनलाई बुबाले पढाइ सकिए पछि जारी खान दबाब दिएको बताउँछन् । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो । पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने उनको बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी छन् । १८ महीने कृषि जेटिए पढेका उनी विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन् ।
घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका उनले तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्दै आएका छन् । उनी पाँच बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान बनेका छन् । उनको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् ।
तरकारीबाट मात्रै महीनामा रु ३० हजारको आम्दानी गर्दै आएका उनले तरकारीसँगै कुखुरापालन र केराखेती पनि गर्दै आएका छन् । “१० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ”, चौधरीले भने, “एक पटकमा चार हजार ५०० कुखुराका चल्ला हाल्छु । पोल्टीफार्मबाट पनि वार्षिक सरदर रु २० लाख आम्दानी हुने गरेको उनले बताए ।
रु पाँच लाख लगानीबाट कुखुरापालन शुरु गरेका उनले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिँदै आएका छन् । उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् ।
“गतवर्ष बजार व्यवस्थापन नहँुदा तरकारी कुहिएर खेर गएको थियो”, उनले भने, “अहिले भने बजारको समस्या कम भएको छ ।” युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक्सप्लोर अर्थ मुभर्सको कार्यालय स्थानान्तरण
असोज १४, २०८० आइतबार
असोज २१ गतेदेखि चाडबाड लक्षित ४२ जिल्लाका ४८ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने
असोज ९, २०८० मंगलबार
सिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार