६ माघ २०७८, बिहीबार
बैंकिङ बजार

सनराइज बैंकबाट एलआईसी नेपालको जीवन बीमा सेवा बिक्री हुने

प्रकाशित मिति :  १५ चैत्र २०७५, शुक्रबार १६:५२


sunrise-bank-LIC-Nepal-Ltd

काठमाडौं । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स (Bancassurance) सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०३ वटै शाखाहरूबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरू बिक्री गर्नसक्ने छ ।sunrise-bank -nepal

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यसहित यस बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टी.एममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा