६ कार्तिक २०७८, शनिबार
राजनीति

लगातार २ दिन प्रश्नपत्र बाहिरिनु गम्भीर, अनुसन्धानको जिम्मा सिआइबीलाई

प्रकाशित मिति :  १५ चैत्र २०७५, शुक्रबार १८:१५


काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र सार्वजनिक भएपछि बिहीवार र शुक्रवार प्रदेश २ को परीक्षा स्थगित भएको छ । शुक्रबार बिहान सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरुले परीक्षा दिन नपाएपछि विरोध जनाएका छन् ।

आज शुक्रबारका लागि तोकिएको सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरीए संगै प्रदेश न २ मा तनावग्रस्त नै रह्यो । बिहीबार राती नै प्रश्न पश्त्र बाहिरिएपछि शुक्रबारको परीक्षा स्थगित भएको हो ।

यता शुक्रबार दिउँसो एसईई परीक्षाको प्रश्नपत्र बाहिरपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।

लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा बोलाएको सुरक्षा निकायसहितको बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने निर्णय गरेको छ । प्रश्नपत्र सुरक्षामा प्रश्न उठेपछि मन्त्री पोखरेलले देशभरका प्रश्नपत्र चार घन्टाभित्र रुजु गर्न निर्देशन दिएका छन् ।मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय परीक्षा बोर्डले १५ दिन अगाडि नै प्रश्न पत्र पठाएको थियो ।

त्यसपछि सुरक्षा निकायको उपस्थितिमा परीक्षा केन्द्र प्रमुखलाई प्रश्नपत्र बुझाइन्छ र परीक्षा सुरु हुनु केहीबेर अगाडि मात्र खोलिन्छ । तर, शिलबन्दी खोल्नुअघि नै प्रश्नपत्र बाहिरिएकाले सुरक्षित रहे नरहेको पत्ता लगाउन देशभर प्रश्नपत्र रुजु गर्न भनिएको हो । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

सामाजिक सञ्जालमा विहीबार नै सामाजिक विषयका प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ मा शुक्रबार हुन लागेको सामाजिक विषयको परीक्षा स्थगित गरिएको हो । परीक्षा केन्द्रमा पुगेपछि परीक्षा स्थगित भएको थाहा पाएका विद्यार्थीहरुले जनकपुरको विडारी चोकमा रहेको मधेश भवन अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीले त्यस क्षेत्रमा सार्वजनिक सवारी साधानमा तोडफोड समेत गरेका छन्।

फेसबुकमा पनि शुक्रबार प्रश्नपत्रको व्यापक विरोध र चर्चा भयो । सामाजिक सञ्जालमा क कसले कसरी लिए यसरी प्रश्नपत्र सार्वजनिक हुनुको पछाडि कसको के कमजोरी हुन्छरु अनि यसलाई नियन्त्रण गर्न कसले के गर्नुपर्छ भनेर व्यक्त गरिएका विचारहरु जस्ताको तेस्तै:

प्रश्नपत्र आउटको सिआइबीले अनुसन्धान गर्ने

प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’को टोलीले अनुसन्धान गर्ने भएको छ। प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो ।सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिएको भेटिएपछि अनुसन्धानका लागि सिआइबीको टोली पठाएको हो।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा