कति समयको भ्रुणको गर्भपतन ठीक ?
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १३:२४:५२
एजेन्सी । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।
स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए । अमेरिकी हलिउडका कलाकारहरुले गभर्नरको उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रुप लिएको छ । केही अमेरिकी राज्यहरुले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ ।
जर्जियाको तल्लो संसदले “मुटुको चालसम्बन्धी विधेयक” पारित गरेको थियो । यो कानुन अनुसार भ्रुणको पहिलो मुटुको चाल थाहा पाएपछि गर्भपतन गर्न पाइने छैन । सामान्यतया भ्रुणको मुटुको चाल ६ हप्तामा थाहा हुन्छ । कतिपय गर्भवती आमाहरुलाई ६ हप्तासम्ममा आफ्नो पेटमा बच्चा छ भन्ने समेत थाहा हुँदैन ।
“जर्जियाले प्राण वा जीवनलाई महत्व दिन्छ । हामी निर्दोष र आवाजविहीनको पक्षमा छौं,” गभर्नर ब्रायन केम्पले बताए । रिपब्लीकन पार्टीका गभर्नर केम्पले सांसदहरुलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा उक्त कुरा उल्लेख छ ।
अमेरिकाको ठूलो मानव अधिकार समूह अमेरिकी नागरिक स्वतन्त्रता यूनियन ‘एसीएलयू’ ले जर्जिया राज्यको उक्त कदम विरुद्ध अदालतमा चुनौती दिने जनाएको छ ।
“गभर्नर केम्पले उक्त विधेयकमा लालमोहर लगाए हामीसँग एउटा मात्र विकल्प छः अदालतको ढोका घच्घच्याउने,” एसीएलयूका कार्यकारी निर्देशक आन्द्रे योङले बताए । अमेरिकी सर्वोच्च अदालतले सन् १९७३ मा एक आदेश मार्फत देशब्यापी रुपमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।
सन् २०१७ मा राष्ट्रपतिको कार्यभार सम्हालेयता राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा दुई जना दक्षिणपन्थी विचारधारा राख्ने न्यायाधीश नियुक्त गरिसक्नु भएको छ । अधिकारकर्मीहरु विगतको त्यस अधिकारलाई सर्वोच्च अदालतले उल्ट्याउने सम्भावना रहेको भन्दै चिन्तित भएका छन् ।
रिपब्लीकन पार्टी र राष्ट्रपति ट्रम्प गर्भपतनको विपक्षमा छन् । रिपब्लीकन पार्टी र यसका समर्थकहरु “जीवनको अधिकार” को पक्षमा उभिएका छन् भने डेमोक्र्याटिक पार्टी “छनौटको अधिकार” को पक्षमा छन् ।
अमेरिकाको जर्जिया राज्य फिल्म र टेलिभिजन उत्पादनका लागि प्रमुख गन्तव्य हो । दर्जनौं हलिउड कलाकारले महिला विरुद्धको यस कानुनका कारण आफ्नो व्यवसाय अन्यत्र राज्यमा लैजाने भन्दै चेतावनी समेत दिएका छन् ।
कलाकारहरु अलिसा मिलानो, अलेक बाल्डवीन, आमी शुमर, बेन स्टिलर, सराह सिल्भरम्यान, मिया फारो समेतले सांसदहरुलाई पत्र लेखी महिलाका लागि सुरक्षित राज्यहरुमा आफ्ना उद्योग व्यवसाय स्थानान्तरण गर्न बाध्य हुने बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेसले स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार