१२ मंसिर २०७८, आईतवार

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला बारा जाँदै

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार १०:२३


झापा। प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाने भएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाँदैछन् । प्रधानमन्त्री ओली आइतबार झापा र मोरङका कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।

सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा