३ कार्तिक २०७८, बुधबार
विकास बैंक

गरिमा विकास बैंकका ४ नयाँ शाखा खुले, अझै १९ नयाँ शाखा बिस्तार हुदै

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार १०:४७


Garima-bikas-bank--govinda-dhakal

काठमाडौं । आक्रामक रुपमा शाखा बिस्तार अभियान संचालन गरेको गरिमा विकास बैंकले एकैदिन चारवटा शाखा खोलेको छ । बैंकले चैत्र १५ गते शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।

Garima-bikas-bank

बीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेल, बेसीशहर शाखा कार्यालयको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखा कार्यालयको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पंडितले गरेका छन् ।

garima-Birendra-nagar

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुलसीपुर र कास्कीको हेम्जासहित देशका विभिन्न स्थानहरुमा १९ शाखा कार्यालयहरु स्थापना गर्दैछ ।

२०७५ चैत्र १४ गतेसम्म विकास बैंकले रु.२९ अर्ब ५० करोड निक्षेप संकलन गरी २५ अर्ब १० करोड कर्जा लगानी गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता