३ कार्तिक २०७८, बुधबार

हावाहुरीबाट गम्भीर घाइतेलाई शिक्षण अस्पताल रिफर

प्रकाशित मिति :  १८ चैत्र २०७५, सोमबार ११:४२


काठमाडौं । बारा र पर्सामा आइतवार राति आएको आँधीहुरीमा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।नेपाली सेनाको स्काई ट्रकबाट घाइतेलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार गम्भीर घाइते ७ जनालाई सिमरा एयरपोर्टबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको हो । शिक्षण अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता