हावाहुरी प्रभावित बारा र पर्सामा वाटर एम्बुलेन्स
इन्द्र रिजाल
चैत १८, २०७५ मंगलबार २:६:२९
काठमाडौं । हावाहुरी प्रभावित बारा र पर्सामा पिउने पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी एम्बुलेन्स पठाएको छ ।
हावाहुरी, आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धिकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो।
पानी शुद्धीकरण गर्ने पियुस, एक्वा ट्याब र ब्लिचिङ पाउडरलगायतका सामग्री बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय इटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा पठाइएको हो।
विशेष गरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगतरुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने पत्ता लगाइने खानेपानी मन्त्रालयले जनाएको छ।
उक्त एम्बुलेन्समा आधुनिक प्रविधिको प्रयोगशाला जडान गरिएको हुन्छ। उक्त प्रयोगशालाका माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ। पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ। पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुनेहुँदा सबै किसिमका उपाय अपनाइने विशेषज्ञ पाण्डेले बताए।
विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयमार्फत र नेपाल खानेपानी संस्थानलेसमेत आफ्नो क्षेत्राधिकारभित्र रहेर हावाहुरी प्रभावित क्षेत्रमा कार्य गरिरहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार