हावाहुरी प्रभावितलाई लायन्स क्लबद्वारा राहत वितरण
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १९:८:१२
वीरगंज । हावाहुरीको विपतीबाट प्रभावित भएकाहरुलाई लायन्स क्लब इन्टरनेशनलले राहत समाग्री वितरण गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १८ को सुखचैना,वडा नम्बर २२ को जनगरनाथपुर र सौराहाका प्रभावितहरुलाई लायन्स क्लब इन्टरनेशनलले राहत समाग्री वितरण गरेको हो ।
हावाहुरीबाट बढी क्षति भएको वीरगंज महानगरको सुखचैनाका १ सय २५ घर परिवारलाई लायन्स क्लब इन्टरनेशनलले राहत समाग्रीको रुपमा अति आवश्यक पर्ने त्रिपाल , झुल , चामल , दाल , नुन , तेल , मशाला , आलु प्याज,टर्च लाईट र भुईमा ओछयाउने फोमको चटाई वितरण गरिएको थियो ।
त्यसैगरी जगरनाथपुरमा ४० तथा सौराहामा ३० घर परिवारलाई राहत समाग्री वितरण गरिएको हो । हावाहुरीबाट प्रभावितहरुलाई राहत वितरण गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले निजी क्षेत्रबाट विभिन्न संघ संस्थाहरुले यस्तो विपदको बेला ठुलो मन राखेर सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
हावाहुरीबाट प्रभावित भएकाहरुलाई आइतबार रातीदेखि नै अहिलेसम्मसमेत निजी क्षेत्रबाट विभिन्न व्यक्ति तथा संस्थाहरुले पीडितहरुका लागि खाना खुवाउनेदेखि लिएर बस्नका लागि त्रिपाल तथा अस्थायी रुपमा टेन्टसमेत निर्माण गर्ने कार्य गरिरहेकोमा प्रशंसाको पात्र रहेको बताए ।
घरबारविहिन भएकाहरुको लागि सरकारले पनि राहत एवम पुनर्वासका लागि युद्ध स्तरमा काम सुरु गर्न आग्रह गरे । सांसद यादवले जनताको हरेक सुखदुखमा आफु सदैव साथ रहने विश्वास व्यक्त गरे ।
राहत वितरणमा प्रदेश सांसद जन्नत अंसारी,जिल्ला समन्वय समितिका सभापति नेकमहमद अंसारी, लायन्स क्लब इन्टरनेशनलका नेश्नल डाइरेक्टर रमेश अग्रवाल,एरीया कोअर्डीनेटर राघव अर्चाय,बासु तिमलसिना, स्नेहा खेतान,संघिय समाजवादी फोरम नेपालका महानगर अध्यक्ष इश्वर यादव, समाजवादी युवा फोरमका सरोज यादव,कुन्दन कुर्मी,लगाएत स्थानियको उपस्थिती रहेको थियाे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार